मंसिर १५ , काभ्रे | राजधानीसंग जोडिएर पनि काभ्रे जिल्ला कर्णालीको स्थितिमा रहनु को दोष ठूला पार्टीबाट चुनाब जित्ने साना नेताहरुको भएको आरोप काभ्रे जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. १ मा नेपाली जनता दलका प्रत्यक्ष उम्मेदवार श्री भुपेन्द्र ढुंगानाले लगाउनु भएको छ |
पार्टीका केन्द्रीय उप महासचिव समेत रहनु भएको ढुंगानाका अनुसार ठूला पार्टीहरुले काभ्रे जिल्लाका नेताहरुलाई पार्टीको उच्च तहमा स्थान नदिनु र अधिकारविहीन कार्यकर्ताको रुपमा मात्रै उपयोग गरिआएका छन् | कुनै पनि राष्ट्रिय स्तर को पार्टीमा उपल्लो स्थानमा पुग्ने नेता भनेको नेपाली जनता दलका कविराज तिमल्सिना रहनु भएको छ जो पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा हुनुहुन्छ र यसपालाको निर्वाचनमा सो पार्टीले उहाँकै नेतृत्वमा समानुपातिक निर्वाचन लडिरहेको छ |
हक्की स्वभाव र स्पष्ट वक्ताको रुपमा परिचित ढुंगाना यसपाला काभ्रेली जनताले पांग्रो चिन्हमा अत्यधिक मत दिई आफुलाई विजयी गराउने र विजय भए पछी अहिले सम्म नभएको विकास आफुले ५ वर्षे कार्यकालमा गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु हुन्छ !
प्रदेश न. ३ को राजधानी जसरी पनि काभ्रेमा ल्याउन आफुले जोड्दार प्रयाश गर्ने उहाँको प्रण रहेको छ |
यसै गरी सो पार्टीबाट प्रदेश सभा १ (ख) मा श्री केदार बहादुर कुइंकेललाई उम्मेदवार बनाएको छ |
यसै गरी सो पार्टीबाट काभ्रेको प्रतिनिधि सभा क्षेत्र न. २ मा महिला उम्मेदवारको रुपमा सरस्वति त्रिपाठीलाई उठाएको छ |