National, News

राष्ट्रपति निर्वाचनको लागि विद्या र लक्ष्मीको उम्मेदवारी

Inquiry News,

फागुन २३, काठमाडौं |

राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकालका लागि नेपालको तेस्रो राष्ट्रपति बन्नका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले बुधबार संसद सचिवालय पुगेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा राष्ट्रपति पदमा दोस्रो पटक उम्मेदवारी दर्ता गराएकी हुन् ।

मंगलबार मध्यरातसम्म बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेको थियो ।

त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट कुमारीलक्ष्मी राईले राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । बुधबारै संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसकी राईको प्रस्तावक चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घलेलगायत समर्थक छन् ।

About the author

Relative Posts

Leave a Reply

Leave a Reply

Your email address will not be published.